• होमपेज
  • Uncategorized
  • पुलिसका डाक्टरले यसरी गरे शक्तिको दुरुपयोग

पुलिसका डाक्टरले यसरी गरे शक्तिको दुरुपयोग

  • शुक्रबार, कार्तिक ३, २०७४
पुलिसका डाक्टरले यसरी गरे शक्तिको दुरुपयोग

काठमाडौंं, कार्तिक ३–
नेपाल प्रहरी अस्पतालका डिएसपी डाक्टर अच्युत बिक्रम हमालले शक्तिको दुरुपयोग गर्दै अध्ययन विदा स्वीकृत गराएका छन् ।

प्रहरी अस्पतालको स्वीकृति नलिइकन उनले सिधै प्रहरी महानिरीक्षकको आदेशबाट विदा स्वीकृत गरेर डिएम पढ्न लागेका हुन् । डिएम पढ्ने बेलामा हमालले एकातिर गृह मन्त्रालयबाट अध्ययन बिदा स्वीकृत गराएका छन् भने अर्कोतिर पाँच वर्षका लागि सरकारले खटाएको ठाउँमा सेवा गर्ने कबुलयितनामा पनि गरेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय संस्थानमा सरकरी कोटाबाट छात्रवृत्तिमा छनौट भएकोले उनी सरकराले खटाएको स्थानमा अनिवार्य रुपमा जानुपर्छ ।

हमालका लागि भनेर गृहले समेत समय भन्दा पहिलाको मिति राखेर पत्र बनाइदिएको छ । गृहले प्रहरी प्रशासन शाखाबाट कार्तिक ७ गते (२०७४।७।२७) आएको पत्र भन्दै कार्तिक १ गते त्यसको जबाफ पठाएको छ । पत्र आउने र त्यसको जबाफ फर्काउने मिति पनि गलत देखिएको छ ।

हमालले एमडी पढ्ने बेलामा समेत हमालले आम्दा नेपालसँग दुई वर्ष काम गर्ने सहमति गरेका थिए । तर उनले यो सहमति पालना नगरकिन २०७१ भदौंं १० गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

गृहमन्त्रालयले दिएको स्वीकृति पत्र
Facebook Comments

सम्बन्धित समाचार