• होमपेज
  • Uncategorized
  • ‘बादल’ समानुपातिकमा परेनन्, चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने पक्का

‘बादल’ समानुपातिकमा परेनन्, चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने पक्का

  • आइतवार, अशोज २९, २०७४
‘बादल’ समानुपातिकमा परेनन्, चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने पक्का

चितवन, असोज २९–

नेकपा माओवादी (केन्द्र)का प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने पक्का भएको छ ।

माओवादी केन्द्रले आज बुझाएको समानुपातिकको बन्द सूचीमा बादलको नाम नपरेपछि उनी प्रत्यक्षमै चुनाव लड्ने पक्का भएको हो । यसअघि नै उनी प्रत्यक्षमै चुनाव लड्ने तयारी गरेपनि बाम गठबन्धनको घटक नेकपा एमाले चितवनले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललाई अघि सारेपछि कार्यकर्ताहरुमा अन्यौलता छाएको थियो । धेरैले बादल समानुपातिकमा पर्ने र पोखरेल नै चुनाव लड्न अनुमान गरेका थिए । प्रभावशाली नेता बादल भरतपुर–१० निवासी हुन् ।

यसअघि नारायणी अनलाईन डटकमले पनि चितवन क्षेत्र नं.२ बाट नै चुनाव लड्ने समाचार प्रकाशन गरेको थियो । बामगठबन्धनबाट चितवनमा माओवादीले २ र एमालेले एक सिटमा प्रत्यक्ष चुनाव लड्ने भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नंं।१ मा एमालेबाट प्रभावशाली नेता सुरेन्द्र पाण्डे, २ मा बादल र क्षेत्र नं.३ मा माओवादी अध्यक्ष प्रचण्ड चुनाव लड्ने भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार