• होमपेज
  • समाचार
  • सिजी गल्फको उपाधी सिंहले उचाले

सिजी गल्फको उपाधी सिंहले उचाले

  • आइतवार, अशोज २९, २०७४
सिजी गल्फको उपाधी सिंहले उचाले

ज्ञानु पंगेनी,

नवलपरासी, असोज २९–

नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको चौधरी उद्योगग्रामको आयोजनामा आईतबार भएको सिजी गल्फ टुर्नामेन्टको उपाधी एस.के. सिंहले उचालेका छन् । सिंहलाई चौधरी उद्योगग्रामका प्रमुख विनोद चौधरीले ट्रफी प्रदान गरे ।

टुर्नामेन्टको फस्ट रनरअप आर.आर. पाण्डे, सेकेन्ड रनरअप सुधिर घिमिरेले भए लङ्गेस्ट ड्राभ आङ्ग छिरिङ्ग शेर्पा, क्लोज टु द पिन महेन्द्र मैनाली र मोस्ट बर्डिजतर्फ संजय पाण्डेले जित हात पारेका छन् ।

टुर्नामेन्टमा देशभरका १४ जना खेलाडी सहभागि भएका थिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै उद्योगती चौधरीले देभरमा गल्फ खेलको जम्मा ५ वटा मात्रै खेल मैदान रहेको र जसमध्ये एउटा नवलपरासीमा हुनु गौरब कुरा भएको बताए । यहाँ ९ होलसहितको खेल मैदान रहेको उनले जानकारी दिए । गल्फ खेल अन्तराष्ट्रिय स्तरको खेल भएकाले यस खेलको विकासका लागि आफुले आफ्नै पहलमा खेल मैदानदेखि लिएर सबै व्यवस्थापन गर्दै आईरहेको उनले बताए । यस्तै उनले नवलपरासीको गल्फ खेल मैदानलाई अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाएर अन्तराष्ट्रिय खेलाडी र अन्तराष्ट्रिय पर्यटक भित्र्याउनका लागि पहल गरिरहेको बताए ।

देवचुलीमा रहेको चौधरी उद्योगग्राममा २००३ सालबाट नै गल्फ खेल हुँदै आएको छ । यस खेललाई खर्चिलो र धनाड्यहरुले खेल्ने खेल मानिदै आएको छ । नेपालमा गल्फ खेलाडी समेत ज्यादै कम रहेको गल्फ खेलाडी आङ्ग छिरिङ्ग शेर्पाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा