• होमपेज
  • समाचार
  • पूर्वी नेपालमा असोजमा दुर्घटनामा परी ४७ जनाको मृत्यु

पूर्वी नेपालमा असोजमा दुर्घटनामा परी ४७ जनाको मृत्यु

  • आइतवार, अशोज २९, २०७४
पूर्वी नेपालमा असोजमा  दुर्घटनामा परी ४७ जनाको मृत्यु

इटहरी, असोज २९ –

पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाएका छन् ।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेको यो सङ्ख्या एक महिनाको अवधिमा सरसर्ती हेर्दा दैनिक दुई जनाको ज्यान जाने गरेको देखिन्छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले उपलब्ध गरेको दुर्घटनासम्बन्धी तथ्याङ्कमा उल्लेख भएअनुसार असोज महिनामा भएका सवारी दुर्घटनाको सङ्ख्या हेर्दा सुनसरी र मोरङ जिल्लाका सडकमा बराबर अर्थात् ३०–३० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटना हुनुको मुख्य कारण तीव्र गति र अनावश्यक ढङ्गले ‘ओभरटेक’ गर्ने प्रवृत्ति बढी रहेको पनि ट्राफिक प्रहरीको भनाइ छ ।

सो अवधिमा भएका १३६ वटा सवारी दुर्घटनामा १२० जना मानिस गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचाररत रहेका र ८४ जना यात्रु सामान्य घाइते भएको पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको तथ्याङ्कमा उल्लेख छ ।

सडक अतिक्रमण गर्ने, छाडा चौपाया तथा सडकमा निर्माण सामग्री थुपार्ने र निर्बाध सवारी सञ्चालनको सहज वातावरण निर्माणमा स्थानीय तहबाट पर्याप्त सहयोग प्राप्त हुन नसक्दा सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिएको गुनासो पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको रहेको पाइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा