• होमपेज
  • समाचार
  • ‘दलित’ शब्द संबिधानबाटै हटाउन माग

‘दलित’ शब्द संबिधानबाटै हटाउन माग

  • आइतवार, अशोज २९, २०७४
‘दलित’ शब्द संबिधानबाटै हटाउन माग

काठमाडौँ,असोज २९ –

राष्ट्रिय शिल्पी आन्दोलन नेपाल, केन्द्रिय परिचालन समितिका संयोजक दान बहादुर विश्वकर्माले ‘दलित’ शब्दलाई संबिधानबाटै हटाउन सरकारसँग माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा केन्द्रिय परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक विश्वकर्माले यस्तो माग गरेका हुन् ।

‘दलित’ शब्दले विभेद र अपमानित बोध गराउने भन्दै संयोजक विश्वकर्माले दलितको स्थानमा शिल्पी समुदाय राख्नको लागि सरकारलाई आग्रह गरेका छन् ।

संसदको आयू समाप्त भएको छ, यस्तो बेला तपाईहरुका माग कसरि सम्बोधन हुन्छन नि ? भनेर पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा संयोजक विश्वकर्माले भने,‘म दलित आन्दोलन गर्दागर्दै बुढो भैसके, विगतका जुनसुकै सरकारसँग मैलै दलित उत्थानको लागि माग गर्दै आएको छु ।’

उनले अघि थपे, ‘हामीले विगत २०७१ सालदेखी दलित शब्दलाई विस्थापित गर्नको लागि यो आन्दोलन अघि बढाई रहेका छौँ, पूर्वराष्ट्रपति रावरण यादवसँग पनि हामीले यो शब्द विस्थापितको लागि अनुरोध गरेका थियौँ, सबै दलका नेता,पार्टीका प्रमुख व्यक्तिहरुलाई मागहरुका बारेमा जानकारी गरायौँ, तर गर्छौँ भन्नु भयो तर व्यबहार हाम्रै नाममा भाषण गरेर नेता प्रधानमन्त्री बन्ने मात्रै काम भयो ।’

निर्वाचन आयोगले समानुपातिकको लागि दलित प्रमाणित गरेर मात्रै उम्मेदवार बन्न आउने भनेर गरेको आदेशलाई अस्विकार गर्दै संयोजक विश्वकर्माले केन्द्र र सभाको निर्वाचनमा आफुले उम्मेदवारी नदिएको जानकारी दिए ।
साजन घतानीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा