• होमपेज
  • Uncategorized
  • राम्रोसँग हात धोएमा श्वासप्रश्वास सम्बन्धी संक्रमण २३ प्रतिशतले घट्ने

राम्रोसँग हात धोएमा श्वासप्रश्वास सम्बन्धी संक्रमण २३ प्रतिशतले घट्ने

  • आइतवार, अशोज २९, २०७४
राम्रोसँग हात धोएमा श्वासप्रश्वास सम्बन्धी संक्रमण २३ प्रतिशतले घट्ने

काठमाडौं, असोज २९–

आज विश्व हात धुने दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

साबुन पानीले हात धोएमा झाडापखाला, निमोनियमा जस्ता ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने डाक्टरको भनाई रहेको छ ।विश्वमा निमोनिया र झाडापखालाका कारण हरेक वर्ष ५ वर्षमुनिका १७ लाख बालबालिकाको ज्यान जाने गरेको छ ।

साबुन पानीले मिचीमिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने डाक्टरले बताएका छन् ।केही वर्ष यता हात धुने दिवसलाई बालबालिका केन्द्रीत गरिएको छ ।

बालबालिकामा आएको चेतनाले समाज परिवर्तनमा महत्वपूर्ण काम गर्ने भएकाले उनीहरु लक्षित कार्यक्रम संचालन गरिएको हो । हात धुने दिवस सन् २००८ अक्टोबर १५ तारिख देखि विश्वभर मनाउन थालिएको हो ।शौचालय गएपछि तथा खाना खानु र खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धोए गम्भीर रोग लाग्नबाट बच्न सकिने चिकित्सकहरुले जानकारी दिएका छन ।

Facebook Comments

सम्बन्धित समाचार