• होमपेज
  • समाचार
  • भियतनामको बाढी पहिरोमा परी ६० जनाको मृत्यु

भियतनामको बाढी पहिरोमा परी ६० जनाको मृत्यु

  • आइतवार, अशोज २९, २०७४
भियतनामको बाढी पहिरोमा परी ६० जनाको मृत्यु

एजेन्सी ,असोज २९ –

भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण बर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको समाचार छ । भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ ।

पीडितमध्ये २० जना होअ बिन्ह प्रान्तका, १५ जना मध्य थान्ह होअ प्रान्त र नौ जना मध्य ने अन प्रान्तका रहेका छन् ।
गत शुक्रबार बिहान पहिरोमा परी हराएकामध्येका ११ ओटा शव उद्धारकर्ताहरुले निकालेका थिए । हराएका ३७ जना होआ बिन्ह, थान्ह होआ, ने अन र दुई ओटा अरु प्रान्तका रहेका छन् ।

पहिरोले झण्डै ४० हजार घरमा क्षती पुगको छ भने हनोइका साना घरहरु ध्वस्त भएका छन् ।

यस बर्षको सुरुका नौ महिनामा प्राकृतिक प्रकोपमा परी भियतनाममा मारिएका वा हराएको संख्या १६९ पुगेको छ । त्यसैगरी २३२ जना घाइते भएका छन् भने २ लाख ३६ हजार ८०० घरमा क्षती पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार