• होमपेज
  • समाचार
  • दाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु

दाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु

  • आइतवार, अशोज २९, २०७४
दाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु

दाङ, असोज २९ –

ट्र्याक्टर दुर्घटना हुँदा आज एक किशोरको मृत्यु भएको छ ।
गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

विश्वासका बाबु चालक रहेको ट्र्याक्टर रोकिराखिएको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार