• होमपेज
  • Uncategorized
  • विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबिचको खेल आज नहुने

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबिचको खेल आज नहुने

  • आइतवार, अशोज २९, २०७४
विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबिचको खेल आज नहुने

काठमाडौं, आसोज २९-

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल आइतबार नहुने भएको छ । आइतबार हुने भनिएको खेल सोमबारका लागि सरेको छ । सामुद्री आँधीका कारण सोमबारका लागि खेल सारिएको बताइएको छ ।

हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको हो ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

फाइल फोटो

Facebook Comments

सम्बन्धित समाचार