• होमपेज
  • समाचार
  • सोमालियामा बम विस्फोट, ३० जनाको मृत्यु

सोमालियामा बम विस्फोट, ३० जनाको मृत्यु

  • आइतवार, अशोज २९, २०७४
सोमालियामा बम विस्फोट, ३० जनाको मृत्यु

एजेन्सी, असोज २९ –

सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण हुँदा कम्तिमा ३० जनाको ज्यान गएको छ । मोगादिसुको व्यस्त क्षेत्रमा रहेको एक होटलको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थले भरिएको लरी विस्फोट हुदाँ ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । मोगादिशुमा यस्तो आक्रमण धेरै हुने गरेको छ । यस्तै मादिना जिल्लामा भएको अर्को बम आक्रमणमा दुईजनाको ज्यान गएको छ ।

Facebook Comments

सम्बन्धित समाचार