• होमपेज
  • समाचार
  • झापाको दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • आइतवार, अशोज २९, २०७४
झापाको दमकमा मोटरसाइकलको ठक्करबाट  पैदलयात्रीको मृत्यु

दमक,असोज २९ –

मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।- रासस

Facebook Comments

सम्बन्धित समाचार