• होमपेज
  • Uncategorized
  • भरतपुरवासीले पनि अनलाइनबाटै विद्युत महसुल तिर्न मिल्ने

भरतपुरवासीले पनि अनलाइनबाटै विद्युत महसुल तिर्न मिल्ने

  • शुक्रबार, अशोज २७, २०७४
भरतपुरवासीले  पनि अनलाइनबाटै विद्युत महसुल तिर्न मिल्ने

चितवन ,असोज २७ –

नेपाल विद्युत प्रधिकरण भरतपुर बितरण केन्द्रले अनलाइनबाट विद्युत महसुल तिर्न मिल्ने सेवा सुरु गरेको छ । वितरण केन्द्रले आज पत्रकार सम्मेलन गरेर अब ग्राहकहरुले अनलाइनबाटै विद्युत महसुल तिर्न मिल्ने सेवा सुरु गरेको जानकारी दिएको हो । बिभिन्न ८ वटा बैकं एव अन्य सेवा प्रदायक कम्पनी मार्फत विद्युतको महसुल घरमै बसेर तिर्न सकिने बितरण केन्द्रका प्रमुख राम दुलार यादबले जानकारी दिए । पहिलो चरणमा चितवनको भरतपुर वितरण केन्द्रको क्षेत्रमा मात्रै यो सेवा लागु गरिएको छ । अनलाइनबाट बिल भक्तानी गर्दा समेत नियम अनुसार पाउने छुट पाइने प्राधिकरणले जनाएको छ । भरतपुर क्षेत्रका ग्राहकले प्रभु बैकं , नेपाल ईन्भेष्टमेन्ट बैकं , सि.एफ.एसं.रेमिट प्रा.लि , ई सेवा प्रा.लि , सिटि एक्सप्रेस ,यति डेभलपमेन्ट बैंकं, पे प्वाइन्ट प्रा लि र हिमालयन बैकं मार्फत विद्युत महसुल बुझाउन सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार