• होमपेज
  • Uncategorized
  • साधारण सभामा जनप्रतिनिधीलाई सम्मान

साधारण सभामा जनप्रतिनिधीलाई सम्मान

  • शुक्रबार, अशोज २७, २०७४
साधारण सभामा जनप्रतिनिधीलाई सम्मान

चितवन,असोज २७ –

खैरहनी १० कठार स्थित महिला साना किसान कृषि सहकारी संस्थाले जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । संस्थाको शुक्रवार भएको १३ औं वार्षिक साधारण सभाको अवसरमा नगर उपप्रमुखसहित संस्थाको कार्य क्षेत्र भित्रका वडाध्यक्षहरु र सदस्यहरुलाई सम्मान गरिएको हो । संस्थाकी अध्यक्ष गिता केसीले नगर उपप्रमुख सुनिता थपलिया,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,११ का वडाध्यक्ष हाकिमसिं उप्रेतीलगायत सदस्यहरुलाई टिका फुलमायासहित दोसल्लासले सम्मान गरिन् ।

सो अवसरमा संस्थामा कारोवार गर्ने उत्कृष्ठ १५ जना असल ऋणी,गत एसईईको परिक्षामा उत्कृष्ठ अंक ल्याउने एक छात्र र एक छात्रा,जेष्ठ शेयर सदस्य ७ जनालाई पनि सम्मान गरिएको संस्थाकी प्रवन्धक पुर्णमाया अधिकारीले जानकारी दिईन् । संस्थाकी अध्यक्ष गीता केसीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास वैंक ईलाका कार्यालय हेटौडाकी कृष्ण कुमारी शर्मा,कृषि विकास वैंक मध्यमाञ्चल क्षेत्रीय तालिम केन्द्र बीरेन्द्रनगरका प्रमुख संजिव पौडेल,जिल्ला सहकारी संघका अधयक्ष टिकाराम भट्टराई,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी ,संस्थाकी उपाध्यक्ष फुलमती चौधरी लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार