• होमपेज
  • समाचार
  • चितवनको खैरहनीमा बाढी पीडितलाई निर्माण सामाग्री सहयोग

चितवनको खैरहनीमा बाढी पीडितलाई निर्माण सामाग्री सहयोग

  • शुक्रबार, अशोज २७, २०७४
चितवनको खैरहनीमा बाढी पीडितलाई निर्माण सामाग्री सहयोग

चितवन ,असोज २७ –

पूर्वीचितवनको खैरहनीका १० वडगाउँका बाढी पीडितलाई निर्माण सामाग्री सहयोग गरिएको छ । गत साउनको अन्तिम साता गएको वाढीका कारण पीडित भएका वडगाउँका तीन परिवारलाई शुक्रवार घर वनाउन निर्माण सामाग्री हस्तान्तरण गरिएको हो । समाजसेवी मुरलीप्रसाद गजुरेलको पहलमा विभिन्न दाताहरुबाट संकलन भएको रकमले निर्माण सामाग्री खरिद गरि पुर्ण रुपमा घरमा क्षती पुगेको फुलमाया तामाङ,आंशिक क्षती पुगको दलवहादुर वाईवा र सुकवहादुर परियारलाई घर निर्माणका लागि व्लक र सिमेन्ट सहयोग गरिएको हो । खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया,समाजसेवी गजुरेल र सहयोगी दाताका आफन्तहरुले उनीहरुलाई ति सामाग्री हस्तान्तरण गरेका थिए । बाढीले क्षती पुर्याएको मध्ये पूर्ण रुपमा घरमा क्षती हुँदा फुलमायाको परिवार अहिले पनि स्थानीय मन्दिरमा वास वस्दै आएका छन् । बाढी गएको दुई महिना वित्दा समेत मन्दिरकै वास भन्ने समाचार विभिन्न संचार माध्यममा प्रकासित र प्रसारण भएपछि स्थानीय समाजसेवी मुरली प्रसाद गजुरेल मार्फत विदेश रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।

पोखरा घर भई हाल वेलायतमा वस्दै आएकी यानुमाया गुरुङले २० हजार ,खैरहनी ६ घर भई हाल जापानमा रहेका देवेन्द्र सापकोटाले ५ हजार ,खैरहनी ८ घर भई हाल अष्टे«लियामा रहेका रमेश गजुरेल र अविनाश गजुरेलले १० हजार तथा काठमाडौ स्थित साई वचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ हजार रुपैया प्राप्त भएको थियो । सोही रकमबाट व्लक र सिमेन्ट खरिद गरेर पीडितलाई प्रदान गरिएको समाजसेवी मुरली प्रसाद गजुरेल ले जानकारी दिए । समाजसेवी गजुरेलको अध्यक्षता भएको कार्यक्रममा सहयोगी दाता यानुमायाका आफन्त मोहन केसी,स्थानीय समाजसेवी नवराज उप्रेती लगायतले मन्तव्य राखेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्षहरु कारीराम चौधरी,भुमि प्रसाद कडेंल,रामशरण पाण्डे,मनेजर चौधरी लगायत वडासदस्यहरुको सहभागीता रहेको थियो । यसअघि पनी वडा नम्बर १ का वडाध्यक्ष भुमिप्रसाद कडेंलल फुलमाया तामाङ र दलवहादुर वाईवाको परिवारलाई क्रमस २० र १० हजार रुपैया घर निर्माणका प्रदान गरेका थिए । त्यसअघि पनि सरकारले उपलव्ध गराउने भनेको दैनिक ७० रुपैया मध्ये एक महिनाको रकम बाढीपिडितहरुले पाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार