• होमपेज
  • Uncategorized
  • गैंडाकोटमा मिस्टर कुमाल एण्ड मिस कुमालको ग्राण्ड फिनाले हुने

गैंडाकोटमा मिस्टर कुमाल एण्ड मिस कुमालको ग्राण्ड फिनाले हुने

  • शुक्रबार, अशोज २७, २०७४
गैंडाकोटमा मिस्टर कुमाल एण्ड मिस कुमालको ग्राण्ड फिनाले हुने

चितवन,असोज २७ –

नेपाल कुमाल समाज सुधार समिती र हाम्रो इभेन्टसको आयोजनामा नेपालमै पहिलो पटक मिस्टर कुमाल एण्ड मिस कुमाल प्रतियोगिता हुने भएको छ । आगामी कार्तिक एक गते नवलपरासीको गैंडाकोटमा रहेको नारायणी रिर्सोटमा हुने ग्राण्ड फिनालेको तयारीका बारेमा आज आयोजकले चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा देशभरका ७ जिल्लाबाट प्रतियोगि सहभागि छन् ।

अडिसनमा सहभागि ३२ जना मध्य २८ जना छनौट चरण पार गरी हाल व्यक्तित्व विकास प्रशिक्षणमा सहभागि भएको आयोजक हाम्रो इभेन्टसका शर्मिला कुमालले बताइन् । कुमाल समुदायको कला र संस्कृति जर्गेनाका लागि प्रतियोगिता फलदायी हुने विश्वास लिएको नेपाल कुमाल समाज सुधार समितीका अध्यक्ष कुल बहादुर कुमालले बताए । प्र्रतियोगिाता सहभागिहरुले आफ्नो कला संस्कृति झल्कने पहरिनमा ¥याम्पमा उत्रनु पर्ने,आफ्नो परिचय मातृभाषमा नै दिनुपर्ने प्रावधान राखिएकाले पनि कला संस्कृतिबारे थप जानकार हुने मौका पाउने उनको दावी छ । प्रतियोगितामा सहभागि चितवन, नवलपरासी, नुवाकोट,,कास्की, पाल्पा, बाग्लुंग र गोर्खाका १६ देखि २५ वर्ष उमेर समुहका १८ जना किशोरी तथा ६ जना किशोरलाई आर एन स्टाइलका म्यानेजिंग डाइरेक्टर एवम कोरियोग्राफर महेश न्यौपानेले प्रशिक्षण दिइरहेकाछन् ।

Facebook Comments

सम्बन्धित समाचार