• होमपेज
  • समाचार
  • शीर्ष नेताबाट निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

शीर्ष नेताबाट निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

  • शुक्रबार, अशोज २७, २०७४
शीर्ष नेताबाट निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

काठमाडौँ, असोज २७ –

व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्र्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन र आचारसंहिता पालनाबारे राजनीतिक दलसँग निर्वाचन आयोगले आज गरेको छलफलमा उहाँहरुले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उक्त प्रतिबद्धता पत्रमा भनिएको छ, “निर्वाचन लोकतन्त्रको आधारशिला भएको र स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनले मात्र लोकतन्त्रको सुदृढीकरण गरी सुशासनमा टेवा पु¥याउँछ भन्ने तथ्यलाई हृदयङ्गम गर्दै २०७४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन हामी कटिबद्ध छाँै ।”

निर्वाचन आयोगले राजनीतिक दलको सक्रिय सहभागितामा जारी गरेको निर्वाचन आचारसंहिता, २०७२ तथा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन आचारसंहिता, २०७४ मा उल्लेख भएका आचारसंहिताका बुँदाको अक्षरशः पालना गर्न आफूहरु प्रतिबद्ध रहेको दलहरुले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा जनाइएको छ ।

राजनीतिक दलका नेताहरुले सो अवसरमा आचारसंहितामा उल्लिखित बुँदा सरोकार भएकाहरु बाट पालना गर्न÷गराउन सदैव मन, वचन र कर्मले प्रयत्नशील रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपाका नेता बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबरा, नेकपा ९माले०का महासचिव सिपी मैनाली, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका नेता प्रेम सुवाललगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)