• होमपेज
  • समाचार
  • चितवनमा मनाईयो प्रहरी दिवस, २२ जना प्रहरी अधिकृत र जवान सम्मानित

चितवनमा मनाईयो प्रहरी दिवस, २२ जना प्रहरी अधिकृत र जवान सम्मानित

  • शुक्रबार, अशोज २७, २०७४
चितवनमा मनाईयो प्रहरी दिवस, २२ जना प्रहरी अधिकृत र जवान सम्मानित

चितवन, असोज २७—

चितवनमा आज ६२ औं प्रहरी दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालयले दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रहरी सेवामा उत्कृष्ट काम गरेका २२ जना अधिकृत तथा जवानहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो ।

यसैबीच सोही कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रहरी जनता र राष्ट्रको सेवक भएकोले जनताप्रति पूर्ण उत्तरदायी बन्नुपर्ने बताउनुभयो । उहाँले संविधान जारी गर्दा होस् या स्थानीय निकायको चुनाव गर्दा होस् जुनसुकै अवस्थामा पनि प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । मेयर दाहालले प्रहरी र जनताको दुरी कम गर्न प्रहरीले विभिन्न जनचेतनाका कार्यक्रमहरु अझ ब्यबस्थित गरेर लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाको शान्ति सुरक्षा सबल रहेको भन्दै अझै प्रभाबकारी बनाउदै लैजानुपर्ने बताउनुभयो । प्रहरी एक्लैले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने बताउदै प्रहरीलाई नागरिकको रचनात्मक सहयोग र खबरदारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले प्रहरी हाम्रो टोलमा भन्ने नाराका साथ गाउँगाउँमा प्रहरीहरु गएको बताउदै गुण्डागर्दी, लागुऔषध र अपराध नियन्त्रण गर्नको लागि सो अभियान समेत चलाईरहेको बताउनुभयो । उहाँले जिल्लाको शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने र नागरिकसंग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले हालसम्म ३३ जना प्रहरीहरुलाई उत्कृष्ट काम गरे बापत पुरस्कृत र ४३ जनालाई कार्बाही गरीसकेको समेत बताउनुभएको छ ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख पार्वती शाह, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष गोपी देवकोटा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेललगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार