• होमपेज
  • प्रविधि
  • टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट

टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट

  • शुक्रबार, अशोज २७, २०७४
टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट

काठमाडौँ, असोज २७ –

नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ ।

उक्त केन्द्रको आज सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने उल्लेख गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमका सामु विविध किसिमका चुनौती पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि केन्द्रले सहयोग पु¥याउने बताउनुभयो ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले केन्द्रलाई नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । एक सय ९७ नंमार्फत हुने सोधपुछ सेवा आजैदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ ।

वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सिडिएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नंमा डायल गरेर ग्राहकले उक्त सेवासम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सक्नेछन् । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् । हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकामा सो सेवा केन्द्रबाट छिट्टै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि