• होमपेज
  • Uncategorized
  • वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति,पाँच उम्मेदवारको घोषणा (विज्ञप्ती सहित)

वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति,पाँच उम्मेदवारको घोषणा (विज्ञप्ती सहित)

  • शुक्रबार, अशोज २७, २०७४
वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति,पाँच उम्मेदवारको घोषणा (विज्ञप्ती सहित)

काठमाडौं,असोज २७ –

नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । उसले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ ।

एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै एकतामा नयाँ शक्ति पनि समाहित भएको थियो । साथै नयाँ शक्तिले एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति जनाएको थियो । तर, सिट बाँडफाँटमा सहमति हुन सकेन ।

नयाँ शक्तिले १५ प्रतिशत मागेको थियो । तर, माओवादी केन्द्र नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ नै छोड्न तयार भएन ।

त्यहाँबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा छन् । यससँगै रुष्ट बनेका भट्टराईले आफूविरुद्ध षड्यन्त्र भएको टिप्पणी गरेका थिए ।

नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिहृन लिएर चुनाव लड्ने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।’

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ ।

यस्तै कैलाली ३ मा कृष्णकुमार चौधरी र कपिलबस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदवार घोषणा गरेको छ ।

नयाँ शक्तिले संविधानको आधारभूत अन्तरबस्तु -गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक पार्टी र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ ।

नयाँ पार्टीका संसदीय मामिला विभाग प्रमुख केशव दाहालले आँखा चुनाव चिन्ह लिएर लडेपनि आफ्नो पार्टीले उम्मेदवारी दिएका ठाउँमा एमाले र माओवादीले उम्मेदवार नदिए तालमेल हुन सक्ने बताए ।

विज्ञप्ती : -‘

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि