• होमपेज
  • Uncategorized
  • भरतपुरले सिकाएको पाठः प्रदेश नं.२ का अधिकांश मतगणना स्थलमा ग्याबिङ जाली र काँडेतार

भरतपुरले सिकाएको पाठः प्रदेश नं.२ का अधिकांश मतगणना स्थलमा ग्याबिङ जाली र काँडेतार

  • मङ्लबार, अशोज ३, २०७४
भरतपुरले सिकाएको पाठः प्रदेश नं.२ का अधिकांश मतगणना स्थलमा ग्याबिङ जाली र काँडेतार

चितवन, असोज ३–

प्रदेश २ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचन हिजो सम्पन्न भएपछि धमाधम मतगणना सुरु हुन थालेको छ । आज विहानसम्ममा अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ । ती सबैजसो मतगणना स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
पहिलो चरणको निर्वाचनको मतगणनाको क्रममा भरतपुर महानगरमा मतपत्र च्यातिएपछि कडा सुरक्षा सतर्कता अपनाइएको हो ।

प्रदेश नं.२ का अधिकांश मतगणनास्थलमा ग्याबिङ जाली लगाइएको छ । ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिहरुलाई ग्याबिङ जाली बाहिर राखिएको छ । यसअघि दोस्रो चरणको निर्वाचनमा पनि कडा सुरक्षा सर्तकता अपनाईएको थियो तर, यसरी मतगणनास्थलमा ग्याबिङ जाली नै हालिएको भने प्रदेश २ मा मात्रै हो ।

अधिकांश मतगणना स्थलमा ग्याबिङ जाली लगाइएको छ भने महोत्तरीको बर्दीबासमा सुरक्षाकर्मीले प्रयोग गर्ने काँडेतारको समेत प्रयोग गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार