• होमपेज
  • समाचार
  • मकवानपुर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

मकवानपुर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

  • मङ्लबार, अशोज ३, २०७४
मकवानपुर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

हेटौँडा, असोज ३–

मकवानपुरको हेटौंडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको हो । ट्रक आज विहान करिव ३ बजेतिर राजपथबाट ८०० मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको र उनको सनाखत भईनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव हेटौँडा ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिनुभएको छ ।

सोही दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भएका छन् । उनको पालुङस्थित उपचार केन्द्रमा सामान्य उपचारपछि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार