• होमपेज
  • समाचार
  • नवलपरासीमा कार पल्टिदा एक जनाको मृत्यु

नवलपरासीमा कार पल्टिदा एक जनाको मृत्यु

  • मङ्लबार, अशोज ३, २०७४
नवलपरासीमा कार पल्टिदा एक जनाको मृत्यु

ज्ञानु पँगेनी,

नवलपरासी, असोज ३–

नवलपरासीको मध्यविन्दु नगरपालिका–८ चोरमारा र अरुणखोला बीच जंगलमा सोमबार राती कार आफै अनियन्त्रित भर्ई पल्टदा एकजनाकोे मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बा १५ च ९६५६ नम्बरको कार तिब्र गतिका कारण आफैै अनियन्त्रित भई बाटोबाट तल पल्टिदा कावासोती २ बस्ने ४१ वर्र्षका तुलसी पौडेलको मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ३५ वर्षका सन्तोष सुवेदी गम्भिर घाइते भएका छन । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार