• होमपेज
  • Uncategorized
  • बाराका ७ स्थानीय तहमा मतगणना सुरु, जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको अग्रता

बाराका ७ स्थानीय तहमा मतगणना सुरु, जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको अग्रता

  • मङ्लबार, अशोज ३, २०७४
बाराका ७ स्थानीय तहमा मतगणना सुरु, जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको अग्रता

दुष्यन्त चौधरी,

बारा, असोज ३–

हिजो सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना धमाधम सुरु हुन थालेको छ । बारा जिल्लाका ७ वटा स्थानीय तहमा अहिले मतगणना सुरु भएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ। एमालेका कृष्ण पौडेलले २५ मत प्राप्त गरेका छन्। उनलाई माओवादी केन्द्रका मेयर पदका उम्मेदवार राजन पौडेलले पछ्याइरहेका छन्। उनले १६ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत भीमप्रसाद भूर्तेलले मतपत्र मिलाउने काम सबै सकिएको र गणना धमाधम अगाडि बढेको जानकारी दिए।
यस्तै बाराको सिम्रौनढ नगरपालिका, निजगढ नगरपालिका, पचरौटा गाउँपालिका, फेटा गाउँपालिका, पर्सोनी गाउँपालिका र करैयामाई गाउँपालिकाको पनि मतगणना भईरहेको छ । बारामा १६ वटा स्थानीय तह रहेका छन् । हिजो बारामा ७५ प्रतिशत मत खसेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार