• होमपेज
  • Uncategorized
  • अनाथ बालबालिकाको सहयोगार्थ ‘अपरिचित’को च्यारिटि शो

अनाथ बालबालिकाको सहयोगार्थ ‘अपरिचित’को च्यारिटि शो

  • सोमवार, अशोज २, २०७४
अनाथ बालबालिकाको सहयोगार्थ ‘अपरिचित’को च्यारिटि शो

चितवन, असोज २–

अनाथ बालबालिकाहरुको सहयोगार्थ चलचित्र ‘अपरिचित’को च्यारिटी शो देखाइएको छ । भरतपुर–१२ मा रहेको सगरमाथा बालबालिका सहयोग संरक्षण समाजका बालबालिकहरुको लागि सोमबार च्यारिटी शो देखाइएको हो ।

गणेश चलिचित्र मन्दिरमा देखाइएका च्यारिटी शो मा विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो । च्यारिटी शो प्रदर्शन कार्यक्रममा चलचित्र निर्देशक अमृत थिङ तामाङ, चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपिलाल देवकोटा, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका पूर्व अध्यक्ष पदमबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए ।

साढे एक वर्ष अगाडि स्थापना भएको सगरमाथा बालबालिका सहयोग संरक्षण समाजमा नौ जना बालिकाहरुले संरक्षण पाइरहेका छन् । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगबाट सञ्चालन भइरहेको समाजमा आश्रित बालिकाहरु भरतपुर १२ मा रहेको मोहन माविमा अध्ययन गरिरहेका समाजका सञ्चालक जेवि लामाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार