• होमपेज
  • Uncategorized
  • गणेशमानको स्मृति दिवस तथा शुभकामना आदान–प्रदान

गणेशमानको स्मृति दिवस तथा शुभकामना आदान–प्रदान

  • सोमवार, अशोज २, २०७४
गणेशमानको स्मृति दिवस तथा शुभकामना आदान–प्रदान

चितवन, असोज २–

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गणेशमान सिंहको २० औँ स्मृति दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।

सोमबार क्याम्पसमा आयोजना गरिएको स्मृति दिवसका साथै दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा क्याम्पस प्रमुख गोविन्द सापकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रमा क्याम्पस प्रमुख सापकोटाले गणेशमानले कुर्चीको लोभमा नपरी राणा र पञ्चायतका विरुद्धमा उभिएको स्मरण गराए । आफ्नो विचारमा सधैँ अडिकरहने भएकाले गणेशमानलाई लौह पुरुषको संज्ञा दिइएको उल्लेख गर्दै सापकोटाले गणेशमान जस्ता सर्वमान्य नेताको खडेरी परेको बताए ।

सो कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता दिपक दवाडीले गणेशमानले आफू सँगसँगै आफ्ना परिवारका सदस्यलाई समेत राजनीति गर्न लगाएको उल्लेख गरे । गणेशमान जस्तो इमान्दार नेताको अभाव भएकोले मुलुकमा राजनीतिक अस्थिरता बढेको दवाडीको भनाइ थियो । गणेशमान सिंहको विचारलाई सबैले आत्मसाथ गर्दै अगाडि बढ्ने हो भने मुलुकको विकासले गति लिने दवाडीले बताए ।

सो शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य निर्मल पौडेल, नेविसंघ चितवनका संयोजक मित्रनिधि तिवारी, नेविसंघ मैयादेवी इकाइकी पूर्व अध्यक्ष विनिता चापागाईँ लगायतले नेपालीहरुमाझ आएको चाडपर्वको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाई सभापति बचन कार्कीको अध्यक्षतामा भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार