• होमपेज
  • Uncategorized
  • धुलिखेलमा स्वाइनफ्लुबाट एकको मृत्यु

धुलिखेलमा स्वाइनफ्लुबाट एकको मृत्यु

  • शुक्रबार, भदौ ३०, २०७४
धुलिखेलमा स्वाइनफ्लुबाट एकको मृत्यु

धुलिखेल,भदौ ३० –

स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।
‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको’ डा अर्जुन सापकोटोले भन्नुभयो ।

चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिनुभयो ।

‘हामीले थप संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीन जनाको टोली खटाएका छौंँ’ डा अर्जुन सापकोटाले भन्नुभयो, “टोलीले त्यहाँका अन्य घरमा मानिस बिरामी छन् कि छैनन्, अस्पतालमा अरु कतै भर्ना भएका छन् कि छैनन् भन्ने जानकारी समेत लिनेछन् ।” साथै टोलीले त्यहाँका मानिसमा रगत परीक्षणलगायका स्वास्थ्य परीक्षणको कामसमेत गर्ने उहाँले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार