• होमपेज
  • समाचार
  • पश्चिम चितवनको ज्योतिनगरमा भलिवल प्रतियोगिता आयोजना

पश्चिम चितवनको ज्योतिनगरमा भलिवल प्रतियोगिता आयोजना

  • शुक्रबार, भदौ ३०, २०७४
पश्चिम चितवनको ज्योतिनगरमा भलिवल प्रतियोगिता आयोजना

चितवन,भदौं ३०-

विजया दशमीको अवसरमा वडा स्तरीय खुला भलिवल प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका २६ नम्बर वडाको आयोजनामा असोज ६ देखि ११ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

पश्चिम चितवनको ज्योतिनगर बजारमा आयोजना हुने खेलमा विजयी टिमले १ लाख नगद र उपविजेता टिमले ५० हजार नग पाउने छन् । सो अवसरमा विविध मनोरन्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको वडा अध्यक्ष ज्ञानप्रसाद खनालले बताए । सहभागी टिमको टुंगो भएपछि लिग वा नकआउट चरणमा खेलाउने भन्ने टुङगो लाग्ने वडाका खेल समितिका संयोजक ऋषि भण्डारीले बताए ।

सकेसम्म २९ वटै वडाका खेलाडी सहभागी गराउने उद्देश्यले खेल सम्पन्न गर्नका लागि सहयोगको अपेक्षा गरिएको भलिवल खेलका संयोजक जुनानाथ सापकोटाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार