• होमपेज
  • समाचार
  • चितवनको सिद्धिका ७५ घर परिवारका चेपाङ पुरस्कृत

चितवनको सिद्धिका ७५ घर परिवारका चेपाङ पुरस्कृत

  • शुक्रबार, भदौ ३०, २०७४
चितवनको सिद्धिका ७५ घर परिवारका चेपाङ पुरस्कृत

चितवन ,भदौ ३०-

चेपाङ समुदायको बहुल्यता रहेको सिद्धीका ७५ घरका चेपाङहरु पुरस्कृत भएका छन् । सपना भिलेज सोसल इम्प्याक्टले नेदरल्यान्डको फेमि नामक संस्थाको सहयोगमा संचालन गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धीको बिकासमा एक कदम परियोजना अन्तर्गत आयोजना भएको अन्तरघर प्रतियोगिताबाट ७५ घरमुलिलाई पुरस्कृत गरेको हो । प्रतियोगितामा साबिकको सिद्धि गाबिसको ९ वटा वडा ( हालको कालिका नगरपालिका वडा न १० र ११) का ७ सय ४३ घरलाई प्रतियोगितामा समावेश गरिएको थियो । प्रतियोगिता अन्तर्गत बिजयी भएका परिवारलाई आज एक कार्यक्रमको आयोजना गरि पुरस्कर बितरण गरिएको छ ।

सबिक सिद्धि गाविसको वडा न १ देखि ९ वडासम्म १५ समूह बनाई प्रतियोगीता गरिएको सपना भिलेज सोसल इम्प्याक्टका कार्यक्रम संयोजक सुजन बस्नेतले जानकारी दिए । प्रतियोगितामा विभिन्न समुहबाट प्रथम हुन सफल १५ जना घरमुलिलाई नगद १५ हजार पुरस्कार बितरण गरेको छ । त्यस्तै दित्तिय १५ घरलाई नगद १२-१२ हजार ,तृतीय हुने १५ घरलाई नगद १०-१० हजार ,चौथो हुने १५ घरलाई नगद ७-७ हजार र पाँचौ हुने १५ घरलाई नगद ५-५ हजार पुरस्कर प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले बताए ।
त्यस्तै प्रतियोगितामा समावेश ३० जना निर्णायक मध्य उत्कृष्ट ५ जना निर्णायकलाई समेत पुरस्कृत गरेको थियो ।

प्रतियोगितामा चेपाङ समुदायको घरको सरसफाइ ,घरको प्रकृति ,सजावट ,करेसाबारी ,चर्पी भए नभएको लगायत बिषयलाई आधार मानेर मुल्यांकन गरी बिजयी घोषणा गरिएको गिरिले जानकारी दिए ।कार्यक्रमको प्रमुख अतिथी समेत रहेका कालिका नगरपालिकाका प्रमुख गोपि श्रेष्ठले सिद्दीका जनताले अब आत्मनिर्भर बन्नुपर्ने र त्यसको लागि नगरपालिकाबाट आवश्यक सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए ।

पुरस्कार बितरण कार्यक्रममा रत्ननगर नगरपालिकाको प्रमुख नारायण वन ,कालिका नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्ष दामाराम प्रजा ,वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर गुरुङ लगायतले सपना भिलेजले गरेको कामको प्रसंशा गर्नुको साथै सबै संघसंस्थाले यस्तै सामाजिक काम गर्नुपर्ने बताए ।  सपना भिलेज सोसल इम्प्याक्टले सिद्धीमा गतवर्षदेखि तीन बर्षिय परियोजना सुरु गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार