• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंकले एक अर्ब बढि बोनस शेयर वितरण गर्ने

एनआईसी एशिया बैंकले एक अर्ब बढि बोनस शेयर वितरण गर्ने

  • शुक्रबार, भदौ ३०, २०७४
एनआईसी एशिया बैंकले एक अर्ब बढि बोनस शेयर वितरण गर्ने

काठमाडौं, भदौं ३०–

एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ ।

साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४लाख४८हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

साधारणसभाले बैंकको प्रबन्ध पत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

उक्त वार्षिक साधारणसभाले संस्थापक शेयर धनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल, र रामचन्द्र संघई तथा सर्वसाधारण शेयर धनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा बैंक सञ्चालकमा निर्वाचित गरेको छ । यसअघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो ।

साथै, साधारणसभा पश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढी कर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्गग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार