• होमपेज
  • Uncategorized
  • चलचित्र देश खोज्दै जाँदाको विशेष शो चितवनमा हुने

चलचित्र देश खोज्दै जाँदाको विशेष शो चितवनमा हुने

  • बुधबार, भदौ २८, २०७४
चलचित्र देश खोज्दै जाँदाको विशेष शो चितवनमा हुने

चितवन,भदौं २८-

आम दर्शकहरुको रोजाईमा रहेको चलचित्र देश खोज्दै जाँदाको चितवनमा विशेष शो गरिने भएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १९ गते नारायणगढको गणेश चित्र मन्दिरमा विशेष शो आयोजना गर्न लागेको हो ।

नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले विभिन्न नेपाली चलचित्रहरुका कलाकाहरुको साथमा प्रिमियर शो,विशेष शो र च्यारीटी शो गर्दै आएको छ । पछिल्लो समय चलचित्र क्षेत्रमा प्रचार प्रसार एबम सामाजिक काममा समेत सहभागी हुँदै आएको हाउसले दर्शकको माग अनुसार विशेष शो गर्न लागेको हाउस अध्यक्ष हरी कार्की लक्कीले जानकारी दिए ।

चलचित्रको प्रिमियर गर्नुभन्दा अगाडि देवघाटमा रहेको श्री राम जानकी बालिका आश्रममा रहेका ४० जना अनाथ बालिकाहरुको स्वास्थ परिक्षण गरिने कार्यक्रम संयोजक राहुलकुमार सिंहले जानकारी दिए । सो स्वास्थ परिक्षणमा आँखा,दाँत तथा मुख,नाक,कान घांटी,पेट, छाला रोग र जनरल स्वास्थ्य परिक्षण गरिने उनले वताए ।

प्रकाश आङदेम्बेको निर्देशन रहेकोे यस चलचित्रमा भुटानी शरणार्थीहरुको दुःख र नेपाल छोडेर तेस्रो मुलुक जाँदाको पीडालाई उतारिएको छ । चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार