• होमपेज
  • समाचार
  • अर्घाखाँचीमा बाघले लियो बालकको ज्यान

अर्घाखाँचीमा बाघले लियो बालकको ज्यान

  • बुधबार, भदौ २८, २०७४
अर्घाखाँचीमा बाघले लियो बालकको ज्यान

अर्घाखाँची,भदौं २८-

अर्घाखाँचीका एक बालक बाघको सिकार भएका छन् । जिल्लाको खाँचीकोटस्थित भालुखोलाका ४ वर्षीय बालक मनिष केसी बाघको सिकार बनेका हुन् । मंगलबार बेलुका घरको आँगनमा खेलिरहेका बेला उनलाई बाघले लगेको थियो । बाघले लगेलगत्तै स्थानीय र प्रहरी खाजीमा जुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नायब उपरीक्षक एकनारायण कोइरालाले बाघले खाएर छोडेको अवस्थामा बालकको शरीरका अंगहरु भालुखोलाको रानीवनको जंगलमा भेटिएको जानकारी दिए । अर्घाखाँचीमा पछिल्लो समय बाघको बिगबिगी बढेको छ । बाघको बिगबिगी बढेसँगै स्थानीयबासी त्रसित बनेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार