• होमपेज
  • समाचार
  • भुटानलाई ८.३ ओभरमै जित्यो नेपालले

भुटानलाई ८.३ ओभरमै जित्यो नेपालले

  • बुधबार, भदौ २८, २०७४
भुटानलाई ८.३ ओभरमै जित्यो नेपालले

चितवन,भदौं २८-

एसिसी एसिया कप यु १९ पुर्वी क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको नेपालले बुधबार दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको हो।

मलेसियाको किनारा ओभल मैदानमा भएको खेलमा ५१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ विकेट गुमाएर ८.३ ओभरमा जित हात पार्यो। नेपालका ओपनर सन्दिप सुनार २१ रनमा आउट भए भने आसिफ सेख २३ र अनिलकुमार साह चार रनमा नटआउट रहे।

श्रीलंकाका टिसिरिङ पन्जोरले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाएर ५० रन बनाएको थियो। भुटानका टासी फुन्तासोले १६ तथा युग्यान दोर्जेले १३ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दिप लामिछानेले ४ विकेट लिएका थिए।

Facebook Comments

सम्बन्धित समाचार