चितवन, भदौ २८-
नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ । रातभर पहिरो पन्छाएर विहान ४ बजेवाट सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडकखण्डमा गाडीको चाप र जाम भने उस्तै छ । विहान ९ बजेसम्म चाप कम हुने वताइएको छ ।
मंगलवार बेलुका ७ बजेर ४० मिनेटमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको बसमा सामान्य क्षति पुगको छ । नारायणगढबाट मुग्लिन ३६ किलोमिटर सडक पार गर्न मंगलबार कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।