• होमपेज
  • Uncategorized
  • लायन्स/लियो नारायणगढद्धारा देवघाटमा वृक्षरोपण

लायन्स/लियो नारायणगढद्धारा देवघाटमा वृक्षरोपण

  • सोमवार, भदौ २६, २०७४
लायन्स/लियो नारायणगढद्धारा देवघाटमा वृक्षरोपण

चितवन, भदौं २६–

लायन्स क्लव अफ नारायणगढ र लियो क्लव अफ नारायणगढको संयुक्त आयोजनामा देवघाटमा वृक्षरोपण गरिएको छ ।
देवघाटको पौडेल वृद्धआश्रम परिसरमा रहेको पार्कमा लायन्स/लियोले ३० विरुवा रोपेको हो ।

सतनचुली सामुदायिक वनका अध्यक्ष लिलाबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आँप, लिचि कटहर, तेजपत्ता, रुद्राक्ष, दालचिनीलगायतका ३० वटा विरुवा रोपिएको कार्यक्रम संयोजक शेखर धरेलले जानकारी दिनुभयो । पार्कलाई व्यवस्थित र हराभरा बनाउन वृक्षरोपण गरिएको संयोजक धरेलले बताउनुभयो ।

लियो क्लव अफ नारायणगढका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ नारायणगढका अध्यक्ष हेमन्तध्वज जोशी, लियो क्लव अफ नारायणगढका सचिव कृष्णचन्द्र पौडेललगायत लियो सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार