• होमपेज
  • Uncategorized
  • बालिका र वृद्धवृद्धाहरुलाई कार्की दम्पतीले खुवाए खाना

बालिका र वृद्धवृद्धाहरुलाई कार्की दम्पतीले खुवाए खाना

  • सोमवार, भदौ २६, २०७४
बालिका र वृद्धवृद्धाहरुलाई कार्की दम्पतीले खुवाए खाना

चितवन, भदौं २६–

समाजसेवी एवंम व्यवसायी राजन कार्की र निरु कार्कीले श्रीराम जानकी बालिका आश्रम र मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ ।

पितृहरुको सम्झनामा कार्की दम्पतीले राम जानकी आश्रममा आश्रित बालिकाहरुलाई एक दिनको खाना र भरतपुरमा रहेको मानव सेवा आश्रममा रहेकाहरुलाई एक छाक खाना खुवाएको हो ।

रामजानकी आश्रममा ४८ जना बालिकाहरु आश्रय लिएर बसिरहेका छन् । यस्तै मानव सेवा आश्रममा भने सडकमा कष्टकर जिवन गुजारीरहेकाहरुलाई आश्रय दिईएको छ ।

समाजसेवी एवंम व्यवसायी राजन कार्कीले पितृको सम्झानामा एक दिनको भएपनि सहयोग स्वरुप खाना खुवाईको बताउनुभयो । उहाँले विगतमा पनि सहयोग गर्दै आईरहेको र आगामि दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार