• होमपेज
  • Uncategorized
  • एसीसी यु १९ एशिया कप छनौटः नेपाल र थाईल्याण्डबीचको खेल जारी, नेपाल व्याटिङमा

एसीसी यु १९ एशिया कप छनौटः नेपाल र थाईल्याण्डबीचको खेल जारी, नेपाल व्याटिङमा

  • सोमवार, भदौ २६, २०७४
एसीसी यु १९ एशिया कप छनौटः नेपाल र थाईल्याण्डबीचको खेल जारी, नेपाल व्याटिङमा

काठमाडौं, भदौं २६–

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्यान्डको सामना गरिरहेको छ । नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

नेपाली टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन्। नेपालका आरिफ शेख र सन्दिप सुनार ब्याटिङ गरिरहेका छन्।

क्लब अमान मैदानमा नेपाल र थाइल्याण्ड खेलिरहेका छन्। आगामी सेप्टेम्बर १७ सम्म आयोजना हुने प्रतियोगितामा समूह एमा रहेको नेपालले सेप्टेम्बर १३ मा भुटान र १४ मा सिंगापुरसँग खेल्नेछ।

समूह ‘बी’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन्।

तीन वर्ष अगाडि एसियाली क्रिकेट परिषद् (एसीसी) पुनर्संरचना भएपछि नयाँ संरचनाका रूपमा यो प्रतियोगिता आएको हो । एसियाली क्षेत्रमा यसअघि यसखाले एउटै प्रतियोगिता आयोजना गर्दै आएकामा अहिले प्रतियोगितालाई दुई क्षेत्रमा विभाजन गरिएको छ। अफगानिस्तान, यूएई, कतार, ओमानलगायतका राष्ट्रलाई अर्को क्षेत्रमा राखी एसीसीले नयाँ प्रतियोगिता ल्याएको हो ।

२००७ मा पारस खडकाको कप्तानीमा मलेसियामा उपाधि जितेयता यू–१९ मा नेपाल उपाधिबिहिन छ।

मलेसियामा जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एसिया कपमा छानिन्छन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा