• होमपेज
  • समाचार
  • सुरक्षाकर्मीनै ८८ किलो सुन तस्करीका सहयोगी !

सुरक्षाकर्मीनै ८८ किलो सुन तस्करीका सहयोगी !

  • सोमवार, भदौ २६, २०७४
सुरक्षाकर्मीनै ८८ किलो सुन तस्करीका सहयोगी !

काठमाडौं, भदौं २६–

नुवाकोट कटेर केरूङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ। जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोष्ट छन्।

रसुवा कटेर टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाका चार वटा चेक पोष्ट छन्। लाङटाङ राष्ट्रिय निकुञ्जम रहेको सेनाले पनि चेक पोष्ट राखेको छ। यो खबर केपी ढुंगाना, हमनाथ देवकोटाले आजको नागरिकमा लेखेका छन्।

सीमा र धुन्चेमा सशस्त्र प्रहरीको दुई चेकपोष्ट छन्। प्रहरीको सीमाको दुईसहित स्याफ्रु, धुन्चे, कालिकास्थान र बेत्रावतीमा ६ वटा चेक पोष्ट छन्। हरेक चेकपोष्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरेको भए पनि ८८ किलो सुन फेला परेको गाडीको रेकर्ड टिमुरेस्थित सशस्त्र प्रहरीको चेक पोष्टमा मात्र दर्ता छ।

सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिमुरेमा भदौ १५ गते गाडी पार भएर तिब्बत गएको देखिन्छ। सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरी अपराध महाशाखाका अनुसार सो गाडी १८ गते केरूङहुँदै काठमाडौं भित्रिएको थियो। रसुवाको कुनै पनि चेकपोष्टमा सो गाडी आएको तथ्याङ्क नहुँदा सुन तस्करीमा सुरक्षा संगठनको व्यवहार शंकास्पद देखिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि