• होमपेज
  • समाचार
  • विप्लवले भनेः अहिलेका प्रचण्ड १९५४ का खुस्चेभजस्ता !

विप्लवले भनेः अहिलेका प्रचण्ड १९५४ का खुस्चेभजस्ता !

  • आइतवार, भदौ २५, २०७४
विप्लवले भनेः अहिलेका प्रचण्ड १९५४ का खुस्चेभजस्ता !

काठमाडौं भदौ २५ –

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सन् १९५४ ताकाका निकिता खुस्चेभसँग तुलना गरेका छन् । उनले प्रचण्ड र पूर्व माओवादी नेता बाबुराम भट्टराई दक्षिणपन्थी बाटोमा हिडेको आरोप लगाए ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता विप्लवले प्रचण्डलाई सोभियतसँघकालीन खुस्चेभको बाटोमा हिडेको आरोप लगाएका हुन् । सन १९५३ मा स्टालिनको निधन भएपछि खुस्चेभ सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्वमा आएका थिए ।

उनले पार्टी र राज्यमा आफ्नो निर्णायक नियन्त्रण कायम गरीसकेपछि सन् १९५६ मा भएको पार्टीको २० औँ महाधिवेशनमा संसोधनबादी लाइन ल्याएका थिए । त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाइ गम्भीर विचलन तर्फ धकेलेको कम्युनिष्ट पार्टीहरुको विश्लेषण छ ।

अहिले मुलुकको राजनीति दुइ धारमा रहेको उल्लेखगर्दै विप्लवले यथास्थितीवादी, जनविरोधी, दक्षिणपन्थी र आत्मसमर्पणवादी धारको दिशामा प्रचण्डहरु लागेको उनले आरोप लगाए ।

उनले आफूहरु भने जनताको अधिकार र राष्ट्रिय स्वाधिनताको पक्षधर रहेको दावी गरे । विप्लवले क्रान्तिलाई स्वीकारेमा मोहन बैद्य किरणसँग पार्टी एकता हुन सक्ने बताए । ‘क्रान्ति हुन्छ भन्ने कुरामा सहमत भए किरण दाइसँग एकता हुन सक्छ, प्रचण्डहरुसंग कदापी हुँदैन’ उनले भने । यसअघि प्रचण्डले पार्टी एकताका लागि विप्लवसंग पटक पटक आह्वान गर्दै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि