• होमपेज
  • समाचार
  • पाँच बर्षमा नेपालमा २२ हजार ६ सय जनाद्वारा आत्महत्या

पाँच बर्षमा नेपालमा २२ हजार ६ सय जनाद्वारा आत्महत्या

  • आइतवार, भदौ २५, २०७४
पाँच बर्षमा नेपालमा २२ हजार ६ सय जनाद्वारा आत्महत्या

काठमाडौँ, भदौ २५ –

सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो ।

मनोविज्ञानमा विद्यावारिधि गर्नुभएका विजय ज्ञवालीले आत्महत्याका समाचार कहाँ राख्ने, केके कुरा समेट्ने, शीर्षक कस्तो राख्ने भन्ने विषयमा सजक हुनुपर्ने बताउनुभयो । आत्महत्याबारे खुलेर कुरा नहुँदा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको उहाँको भनाइ छ ।

प्रजनन उमेर समूह ९१५–२९०का व्यक्तिको मृत्युको तेस्रोे प्रमुख कारण आत्महत्या रहेको ज्ञवालीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या हो । साठी प्रतिशत आत्महत्या निराशाका कारणले हुने उहाँको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख बढी व्यक्तिले आत्महत्या गर्छन । साइडडेक्स फाउण्डेशनका अध्यक्ष नरेन्द्र ठगुन्नाका अनुसार आर्थिक वर्ष २०६९÷७० देखि २०७३÷७४ सम्म नेपालमा २२ हजार ६०७ जनाले आत्महत्या गरेका छन् । गृहमन्त्रालयबाट लिइएको उक्त तथ्यांकमा झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्नेको संख्या उच्च छ ।

गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, बसाइँसराइ, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको बताइन्छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि