• होमपेज
  • समाचार
  • कालिकामा भिक्टोरियस कप फुटबल आजबाट शुरु

कालिकामा भिक्टोरियस कप फुटबल आजबाट शुरु

  • आइतवार, भदौ २५, २०७४
कालिकामा भिक्टोरियस कप फुटबल आजबाट शुरु

चितवन, भदौं २५–

पूर्वी चितवनको कालिका नगरपालिका–७ सगुनटोलस्थित भिक्टोरियस युथ क्लवको छैठौ वार्षिक उत्सवको अवसरमा आजबाट भिक्टोरियस कप फुटबल–२०७४ शुरु भएको छ ।

‘विकासका लागि युवा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सो फुटबल प्रतियोगिताको कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले फुटबल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष दिवश सिंजाली मगरको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रतियोगिताको आजको खेल आयोजक भिक्टोरियस युथ क्लव र सुनौलो तारा युवा क्लव, भोकाहा, रत्ननगर बिच भएको थियो । प्रतियोगितामा २६ वटा समूहले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल असोज १० गते हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार ५ सय ५ रुपैयाँ र द्वितीय हुने समूहले ७ हजार ५ सय ५ रुपैयाँ तथा शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सो कार्यक्रममा कालिका वडा नं. १ का वडाध्यक्ष लिला बहादुर गुरुङ्ग, वडा नंं. ३ का वडाध्यक्ष टिकाराज रिजाल, वडा नं. ७ का वडाध्यक्ष डिल्लीप्रसाद दवाडी, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख बासुदेव खतिवडा लगायतको उपस्थित रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि