• होमपेज
  • Uncategorized
  • (अपडेट)चितवनको पिप्लेमा बस दुर्घटनाः ३ जानाको मृत्यु,२४ जना घाइते

(अपडेट)चितवनको पिप्लेमा बस दुर्घटनाः ३ जानाको मृत्यु,२४ जना घाइते

  • शनिबार, भदौ २४, २०७४
(अपडेट)चितवनको पिप्लेमा बस दुर्घटनाः ३ जानाको मृत्यु,२४ जना घाइते

चितवन,भदौ २४-

चितवनको राप्ती नगरपालिका १ पिप्लेमा गुडिरहेका बस एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । नारायणगढबाट विरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विरगन्जवाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । मृतकको सनाखत भएको छैन् ।

घाइते मध्य केहिको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागी भरतपुर ल्याइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार