• होमपेज
  • Uncategorized
  • भ्रष्टचारीले चुनाव लड्न पाउनुपर्ने काँग्रेसको संशोधन फिर्ता, विधेयक आजै संसदबाट पारित हुने

भ्रष्टचारीले चुनाव लड्न पाउनुपर्ने काँग्रेसको संशोधन फिर्ता, विधेयक आजै संसदबाट पारित हुने

  • सोमवार, भदौ १९, २०७४
भ्रष्टचारीले चुनाव लड्न पाउनुपर्ने काँग्रेसको संशोधन फिर्ता, विधेयक आजै संसदबाट पारित हुने

काठमाडौं, भदौं १९–

भ्रष्टाचारको कसुर भुक्तानी गरेकाहरूलाई पनि चुनाव लड्न पाउनुपर्ने माग गर्दै काँग्रेसले दर्ता गराएको संशोधन फिर्ता भएको छ ।

निश्चित समयपछि निर्वाचन लड्न पाउनुपर्ने कांग्रेसको संशोधन फिर्ता भएपछि विधेयक समितिबाट पारित भएको छ।

समयमा निर्वाचन गर्नुपर्ने भएकोले कांग्रेसले आफ्नो संशोधन फिर्ता लिएको कांग्रेस सांसद आनन्द ढुंगानाले जानकारी दिए। उनी लगायत १९ जना सांसदले संशोधन राखेका थिए। यो प्रस्तावसँगै भ्रष्टाचारलगायतका कसुरहरूमा दोषी ठहरिएकाहरूले आजिवन निर्वाचन लड्न पाउने छैनन्।

त्यस्तै गृहमन्त्री जनार्दन शर्माले नो भोटको व्यवस्था फिर्ता लिएका छन्। सरकारले ल्याएको विधेयकमा नो भोटको व्यवस्था गरिएको थियो।

नो भोटको व्यवस्था हटाउन कांग्रेस ,एमाले र माओवादी सांसद एक भएका थिए।

समितिका सभापति दिलबहादुर घर्तीले नो भोटको व्यवस्था बाहेकका सबै प्रावधान जस्ताको तस्तै पारित गर्न आग्रह गरेपछि तीन पार्टीका सांसदहरूले सहमति जनाएका थिए।

अब यो विधेयक संसदबाट पारित गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुनको रूप लिन्छ। विधेयक आजै संसदबाट पारित हुने समितिका सभापति घर्तीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने