• होमपेज
  • समाचार
  • चितवनमा भित्रियो न्यू हल्याण्डको ‘व्याक हो लोडर’

चितवनमा भित्रियो न्यू हल्याण्डको ‘व्याक हो लोडर’

  • सोमवार, भदौ १९, २०७४
चितवनमा भित्रियो न्यू हल्याण्डको ‘व्याक हो लोडर’

चितवन, भदौं १९–

चितवनका युवा व्यवसायीहरुले विश्वमै चर्चित कम्पनीको ‘व्याक हो लोडर’ भित्र्याएका छन् । न्यू हल्याण्ड नामको सो लोडर नारायणी हेभी इक्युपमेन्ट प्रा.लिले भित्राएको हो ।

नारायणी अञ्चलको अधिकृत विक्रेताको रुपमा सो कम्पनीले यसै महिनादेखि काम थालिसकेको छ । ४३ लाख ५० हजार रुपैयाँ पर्ने सो लोडरको यसअघिका जुनसुकै लोडरभन्दा प्रभावशाली नतिजा दिनसक्ने विशेषता रहेको नारायणी हेभी इक्युपमेन्ट प्रा.लिका संचालक मध्येका एक सकुन सापकोटाले जानकारी दिए । उनका अनुसार ९६ हर्सपावरको सो लोडर २ हजार २ सय आरपिएम क्षमताको छ । इन्जिन नतात्ने, साइलेन्सरको आवाज कम आउने, व्याट्री प्रोटेक्ट, ४५ डिग्रीसम्म डम्पिङ एङगल, एक्ट्रा पोटेवल व्लेड आदि विशेषताहरु रहेको व्यवसायी सापकोटाले बताए ।

चितवन र आसपासको क्षेत्रमा विकास निर्माणका कामहरु अत्याधिक भइरहेकोले लोडरको माग तीव्र भईरहेको समयमा आफुहरुले विश्वविख्यात कम्पनी न्यू हल्याण्डको लोडरको विक्री शुभारम्भ गरेको संचालकहरुले बताएका छन् । नारायणी हेभी इक्प्युटमेन्ट प्रा.लिले चितवनमा भरतरको रिजालचोक नजिकै (हाल चारतले दोहोरी) भएकै भवनवाट सेवा शुरु गरेको छ । न्यू हल्याण्ड नेदरल्याण्डको उत्पादन हो । यो कम्पनीको मूख्य कार्यालय हाल इटलीमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार