• होमपेज
  • Uncategorized
  • काठमाडौंमा अहिलेसम्मकै ठूलो परिमाण ८८ किलो सुन बरामद, एक जना पक्राउ

काठमाडौंमा अहिलेसम्मकै ठूलो परिमाण ८८ किलो सुन बरामद, एक जना पक्राउ

  • सोमवार, भदौ १९, २०७४
काठमाडौंमा अहिलेसम्मकै ठूलो परिमाण ८८ किलो सुन बरामद, एक जना पक्राउ

काठमाडौं, भदौं १९–

प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

आज बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर चालकलाई पक्राउ गर्दै सुन बरामद गरेको हो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

फोटोः फाईल

Facebook Comments

सम्बन्धित समाचार