• होमपेज
  • Uncategorized
  • जनजाति महासंघ चितवनको अध्यक्षमा सुरवीर

जनजाति महासंघ चितवनको अध्यक्षमा सुरवीर

  • आइतवार, भदौ १८, २०७४
जनजाति महासंघ चितवनको अध्यक्षमा सुरवीर

चितवन, भदौं १८–

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको अध्यक्षमा सुरवीर थापा निर्वाचित भएका छन् ।

शनिबार भरतपुरमा भएको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा खुल्लातर्फ सीता ह्योल्मो र तेजबहादुर तामाङ र महिला उपाध्यक्षमा इन्दिरा बोटे निर्वाचित भएका छन् । सचिवमा महेन्द्र दुरा, कोषाध्यक्षमा मञ्जु चौधरी र सह–सचिवमा लक्ष्मण दरैसहित १६ सदस्यीय कार्यसमिति निर्वाचित भएको अध्यक्ष पदमबहादुर गुरुङले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि अध्यक्ष र कोषाध्यक्षमा मतदान भएको थियो भने बाँकी पदमा सबै निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार