• होमपेज
  • अर्थ/वाणिज्य
  • अर्पण सहकारीको शेयर ३ करोड

अर्पण सहकारीको शेयर ३ करोड

  • आइतवार, भदौ १८, २०७४
अर्पण सहकारीको शेयर ३ करोड

सुजिता हमाल,

चितवन, भदौं १८–

पूर्वी चितवन रत्ननगर नगरपालिका–१ स्थित बकुलहरमा संचालित अर्पण बचत तथा ऋण सहकारीको शेयर पूँजी ३ करोड २५ लाख पुगेको छ ।
सहकारीले सातौ वार्षिकोत्सव मनाउने क्रममा शेयर पूँजी सार्वजनिक गरेको हो । शनिबार ‘दिगो विकासको लागी कार्यगर्ने शक्ति सहकारी’ भन्ने नारासहित सहकारीबीचको अन्तक्र्रिया कार्यक्रम गरि वार्षिकोत्सव मनाइएको छ ।

सहकारीले हाल ११ प्रकारका बचत कार्यक्रम सञ्चालन गरेको छ भने १० प्रकारका ऋण प्रवाह गर्दै आएको छ । २६ जना सदस्यबाट सुरु गरिएको यो सहकारीमा हाल ७ सय ९२ जना शेयर सदस्य छन् । २०६७ साल जेष्ठ ६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरमा दर्ता नं ९०२ मा दर्ता भई वि.सं २०६७ साल भदौ १६ गतदेखि संस्था सन्चालन गरिएको हो ।

रत्ननगरमा मुख्यालय रहेको सहकारीले केही महिनामा खैरहनी नगरपालिकाको पर्सा र कालीका नगरपालिकामा शाखा विस्तार गरिने कोषाध्यक्ष मेघनाथले पौडेलले बताए ।

कार्यक्रममा सक्रिय शेयर सदस्यका रुपमा जागेश्वर शर्मालाई पुरस्कृत गरिएको थियो । रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा केन्द्रिय सहकारी संघका पूर्व केन्द्रिय सदस्य एकनारायण पौडेल, ईलाका प्रहरी कार्यालय टाँडी प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडा, सर्वज्ञ बचतका सचिव दिपेन्द्र रिजाल, जागृति सहकारी संस्थाका अध्यक्ष तथा सेयर सदस्य रमाकान्त पौडेल, कमला ढकाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीमा लगानी गर्दा सोँच विचार गरेर लगानी गर्नुपर्नेमा जोड दिनुका साथै सहकारीहरुलाई मर्ज गरेर गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहकारी संस्थाका समस्या, सहकारीको महत्व, सहकारी बिचको अन्तक्र्रियालगायतका विषयमा छलफल गरिएको थियो ।
संस्थाका कार्यसमिति सदस्य तथा ऋण उपसमिति संयोजक सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम संस्थाका अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार