• होमपेज
  • समाचार
  • माडीमा जारी स्टार कप फुटबलमा आज तीन खेल

माडीमा जारी स्टार कप फुटबलमा आज तीन खेल

  • आइतवार, भदौ १८, २०७४
माडीमा जारी स्टार कप फुटबलमा आज तीन खेल

सुवास लामिछाने,

चितवन, भदौ १८–

चितवनको माडीमा जारी सर्वाधिक धनराशिको स्टार कप फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । आज हुने पहिलो खेल अन्र्तगत चैनपुर एफ.सी चैनपुर ‘बी’ विरुद्ध ध्रुवतारा युवा क्लव रामराज्यपुर दिउँसो १२ बजे आमने सामने हुँदैछन् ।

यस्तै आजको दोश्रो खेलमा साईड नेपाल वसन्तपुर विरुद्ध न्यू डाईमण्ड नयाँपर्सा दिनको २ बजे भिडने छन् भने आजको अन्तिम तथा तेश्रो खेलमा दियो क्लव माडी राधापुरविरुद्ध जितवहान युवा क्लव गर्दी दिनको ४ बजे मैदानमा उत्रने आयोजकले जनाएको छ । माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक/एक सेट जर्सी वितरण गरिने आयोजक कमिटि स्टार स्पोर्टस क्लवका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार