• होमपेज
  • समाचार
  • पृथ्वी राजमार्ग सञ्चालनमा

पृथ्वी राजमार्ग सञ्चालनमा

  • आइतवार, भदौ १८, २०७४
पृथ्वी राजमार्ग सञ्चालनमा

चितवन, भदौ १८–

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८:३० बजेदेखि सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गजुरीबाट ग्रेडर झिकाएर पहिरो सफा गरिएको हो ।
पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

सो खण्डमा गएराति १२:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोला, केराबारी र चारकिलोमा खसेको पहिरो पन्छाउने क्रम शुरु भएको थापाले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार