• होमपेज
  • Uncategorized
  • अनेरास्ववियुको विस्तारित बैठक भोलिदेखी चितवनमा,तयारी पुरा

अनेरास्ववियुको विस्तारित बैठक भोलिदेखी चितवनमा,तयारी पुरा

  • शनिबार, भदौ १७, २०७४
अनेरास्ववियुको विस्तारित बैठक भोलिदेखी चितवनमा,तयारी पुरा

चितवन,भदौं १७-

अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक भोली (आइतवार) देखी भरतपुरमा सुरु हुदैं छ । बैठकको सबै तयारी सकिएको अनेरास्ववियुले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । भाद्र २० गतेसम्म चल्ने बैठकको भोली एक समारोहका विच क्यान्सर अस्पतालको सभाहलमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।बैठकमा केन्द्रिय कमिटी,अनुशासन आयोग,निर्वाचन आयोग,लेखा आयोग र राष्ट्रिय परिषद गरी करिब ४ सय बिद्यार्थी सहभागी हुँदै छन् ।

बैठकमा शैक्षिक गुणस्तर र विद्यार्थी आन्दोलनको आगामी कार्यदिशाका वारेमा छलफल गरी निष्कर्ष निकालिने महासचिव एन महरले जानकारी दिए । उनले २ नम्वर प्रदेशमा हुन लागेको स्थानिय निर्वाचन संगै प्रदेश र केन्द्रको निर्वाचनका वारेमा पनि बहस गर्ने वताए ।

१८ औं राष्ट्रिय सम्मेलनको झल्को दिने गरी जनताको घरमा आवास

अखिलको २०६३ असोजमा सम्पन्न १८ औं राष्ट्रिय सम्मेलनको झल्को दिने गरी जनताको घरमा आवासलाई विस्तारित वैठकमा पनि निरन्तरता दिइएको अखिल चितवनका अध्यक्ष देव प्रसाद पाठकले जानकारी दिए । उनले वैठकमा उपस्थित हुने विद्यार्थीलाई भरतपुरका पार्टी नेता कार्यकर्ताको घरमा बेलुकाको खाना सहित आवासको व्यवस्था मिलाइएको वताए ।

यस्तै बैठकलाई मर्यादित र व्यवस्थित बनाउन ५१ सदस्सीय स्वयमसेवक परिचालन गरिने जिल्ला सचिव प्रकाश आचार्यले जानकारी दिए । उनले १ सय ५१ सदस्सीय मुल व्यवस्थापन सहित ६ वटा उपसमिती निर्माण गरिएको वताए । बैठकमा सहभागिका लागी राष्ट्रिय चिकित्सक संघ र राष्ट्रिय स्वास्थकर्मी संघ चितवनको सहयोगमा स्वास्थ शिविर समेत संचालन गरिने आचार्यले वताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा