• होमपेज
  • समाचार
  • स्टार कप फुटबलः स्टार स्पोर्टसलाई हराउँदै बसन्तपुर क्वाटरफाईनलमा

स्टार कप फुटबलः स्टार स्पोर्टसलाई हराउँदै बसन्तपुर क्वाटरफाईनलमा

  • शनिबार, भदौ १७, २०७४
स्टार कप फुटबलः स्टार स्पोर्टसलाई हराउँदै बसन्तपुर क्वाटरफाईनलमा

सुवास लामिछाने,

चितवन, भदौं १७–

चितवनको माडीमा जारी सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता स्टार कपको आजको दोस्रो खेलमा बसन्तपुर युनाइटेड क्लव ‘ए’ विजयी भएको छ । दिउँसो भएको खेलमा स्टार स्पोर्टस क्लव ‘ए’लाई २–० गोल अन्तरले पराजित गर्दै बसन्तपुरले क्वाटरफाईनलको यात्रा तय गरेको छ ।

यस्तै प्रतियोगिता अन्तरगत आजको अन्तिम खेलमा अहिले चैनपुर एफ.सी चैनपुरविरुद्ध नेपाल बोटे समाज वनकट्टाबीच प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिता अन्तरगत आजै भएको पहिलो खेलमा ब्याइज युनियज द्रोपतिनगरलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतिभा युवा क्लव सितलपुर क्वाटरफाईलनमा प्रवेश गरेको छ ।

माडीभरिका २५ टिमको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एकरएक सेट जर्सी वितरण गरिने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा